Banijya News

नबिल बैंकको ग्रिन विक समापन र दिगो बैंकिङ लगानी

1
1.0K Shares

नबिल बैंक लिमिटेडले आफ्नो दिगो बैंकिङ अभियानको पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको साताव्यापी ‘नबिल ग्रिन विक, २०२६’ काठमाडौँको टोखा नगरपालिका–२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेर समापन गरेको छ । असार १५ गतेदेखि सुरु भएको यस अभियानअन्तर्गत लुम्बिनी वल्ड पिस फोरम नेपालसँगको सहकार्यमा वृक्षारोपण गरिएको हो, जसको दीर्घकालीन संरक्षण र रेखदेख स्थानीय वडा कार्यालयले गर्नेछ ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली, वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । यस अवसरमा सीईओ ज्ञवालीले बिरुवा रोप्नु मात्र नभई त्यसको नियमित हेरचाहमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने बताउँदै सहयोगी सबैलाई धन्यवाद दिए ।

बैंकको दिगो बैंकिङ अभियान ुमानिस, पृथ्वी र समृद्धिु को अवधारणामा आधारित छ, जसअन्तर्गत ग्राहकलाई दिगो विकासमा सहभागी गराउन ुनबिल दिगो बचत खाताु सञ्चालनमा ल्याइएको छ । पछिल्लो पाँच वर्षदेखि वातावरण, समाज र सुशासन का सिद्धान्तहरूलाई प्राथमिकतामा राखेको बैंकले स्वच्छ ऊर्जा, कृषि र साना उद्यमको प्रवर्द्धनका लागि ठूलो लगानी गरेको छ । बैंकले नवीकरणीय ऊर्जामा ५१ अर्ब ८३ करोड, कृषिमा ५४ अर्ब २८ करोड, एमएसएमईमा ४५ अर्ब ७७ करोड, महिला उद्यमी वित्तपोषणमा ४८ अर्ब ६० करोड, स्वच्छ यातायातमा १० अर्ब २८ करोड, पर्यटनमा ११ अर्ब ८ करोड र डीडीएसयल कर्जामा ५ अर्ब ८४ करोड रुपैयाँ लगानी गरिसकेको छ ।

यस प्रकारको लगानीबाट मुलुकमा १ लाख १२ हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ, जसमा ३१ प्रतिशत महिला सहभागिता रहेको छ । बैंकले पाँच वर्षमा सामाजिक उत्तरदायित्वअन्तर्गत २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ भने ुनबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपु मार्फत १,५७७ जना उद्यमीलाई तालिम दिएको छ । त्यस्तै, नवीकरणीय ऊर्जाको लगानीबाट चार वर्षमा ३९,४५०।६८ टन कार्बन उत्सर्जन न्यूनीकरण भएको छ भने डिजिटाइजेसनका कारण वार्षिक २ लाख ६२ हजार ८०४ लिटर पानी र २० मेट्रिक टन कागज बचत भएको छ ।

लैंगिक समानतालाई जोड दिँदै बैंकले कुल जनशक्तिको ३९।१५ प्रतिशत महिला कर्मचारी राखेको छ, जसमध्ये ५० जना महिलाले विभिन्न शाखा र रणनीतिक एकाइको नेतृत्व गरिरहेका छन् । चार दशकदेखि सेवा दिँदै आएको नबिल बैंकले हाल डिजिटल बैंकिङका लागि ‘एनबैंक’ सञ्चालन गर्दै २६६ शाखा र ३१८ एटीएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

1

Scroll to Top