Banijya News

नबिल बैंकले पायो तीन अन्तर्राष्ट्रिय युरोमनी अवार्ड

1
1.0K Shares

नबिल बैंक लिमिटेड विश्वस्तरमा अत्यन्त प्रतिष्ठित मानिने युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत तीन प्रमुख उपाधिबाट सम्मानित भएको छ। बैंकले ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ को उपाधि प्राप्त गर्दै नेपाली बैंकिङ क्षेत्रमा आफ्नो नेतृत्वदायी अडानलाई पुनः पुष्टि गरेको हो।

युरोमनीका यी अन्तर्राष्ट्रिय सम्मानहरूले नबिल बैंकको बलियो वित्तीय अवस्था, डिजिटल नवप्रवर्तन, जिम्मेवार बैंकिङ, वातावरणीय तथा सामाजिक सुशासन (ईएसजी) प्रतिको प्रतिबद्धता र साना तथा मझौला उद्यमीहरूलाई दिएको योगदानको उच्च कदर गरेका छन्।

अवार्ड प्राप्तिबारे खुसी व्यक्त गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यस्ता प्रतिष्ठित सम्मानले ग्राहक, शेयरधनी, कर्मचारी तथा साझेदारहरूसँगको विश्वासलाई थप प्रगाढ बनाएको बताएका छन्। उनले यी उपाधिहरूले बैंकलाई नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक वृद्धिका दिशामा अझ दृढ भएर लाग्न प्रेरणा मिलेको उल्लेख गर्दै आगामी दिनमा पनि मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाए। बैंकिङ क्षेत्रमा नवप्रवर्तन, उत्कृष्ट कार्यसम्पादन र बजारमा प्रभावकारी नेतृत्व प्रदर्शन गर्ने संस्थाहरूलाई युरोमनीले हरेक वर्ष सम्मानित गर्दै आएको छ।

यी तीनै अवार्डले बैंकको फरक(फरक विशिष्ट क्षमतालाई उजागर गरेका छन्। ‘नेपाल्स बेस्ट बैंक’ ले नबिलको सुदृढ वित्तीय स्थिति र आधुनिक डिजिटल रूपान्तरणलाई मान्यता दिएको छ भने ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ ले हरित लगानी, दिगो वित्त र सामाजिक उत्तरदायित्वमा बैंकको नेतृत्वलाई सम्मान गरेको छ। त्यसैगरी, ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ उपाधिले देशभित्र उद्यमशीलता प्रवर्द्धन गर्न, साना तथा मझौला व्यवसायलाई सरल कर्जा र परामर्शमूलक सेवा उपलब्ध गराई आर्थिक गतिविधिलाई चलायमान बनाउन नबिल बैंकले खेलेको भूमिकालाई स्थापित गरेको छ।

विगत चार दशकदेखि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समय ‘बैंकिङ एण्ड बियोन्ड’ को अवधारणाअनुसार समृद्ध र समावेशी अर्थतन्त्र निर्माणमा जोड दिँदै आएको छ। हाल निजी क्षेत्रको यस अग्रणी बैंकले देशभर रहेका २६४ शाखा सञ्जाल र ३१५ भन्दा बढी एटिएममार्फत २६ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवाहरू उपलब्ध गराइरहेको छ।

1

Scroll to Top