Banijya News

भुजुङ्ग हाइड्रोपावरको लकइन अवधि सकिंदै

1
1.0K Shares

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनका क्रममा सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको सेयरको लकइन अवधि आगामी साउन २६ गते सकिँदैछ। कम्पनीले सर्वसाधारणका लागि सेयर बाँडफाँड गरेको मितिले ६ महिनासम्म सामूहिक लगानी कोषको सेयर लकइनमा राख्नुपर्ने प्रावधान अनुसार यो अवधि समाप्त हुन लागेको हो।

कम्पनीले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि कुल ५० हजार कित्ता सेयर छुट्याएर बाँडफाँड गरेको थियो। साउन २६ गते लकइन अवधि सकिएपछि यो ५० हजार कित्ता सेयर बजारमा दोस्रो बजार  मार्फत कारोबारका लागि योग्य हुनेछ।

1

Scroll to Top