Banijya News

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त ६ उपकुलपतिद्वारा शपथ ग्रहण

1
1.0K Shares

विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपाल सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम गठित विशेष समितिको सिफारिसका आधारमा उनीहरूलाई सम्बन्धित प्रतिष्ठानको नेतृत्व सुम्पिएको हो।

यसरी शपथ लिने उपकुलपतिहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नवीस मान सिं प्रधान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा. स्मृति कार्की रहेका छन्। त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान मेन्याङबो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजय कुमार मिश्रले उपकुलपति पदको जिम्मेवारी सम्हाल्दै शपथ लिएका छन् ।

1

Scroll to Top