एक रोमान्चक खेलमा स्विट्जरल्याण्डलाई ३–१ गोल अन्तरले पन्छाउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको १० औँ मिनेटमै लियोनल मेस्सीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै एलेक्सिस एलिस्टरले हेडरमार्फत गोल गरी अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा स्विट्जरल्याण्डले कडा टक्कर दियो। खेलको ६६ औँ मिनेटमा बायाँ विङबाट भित्र छिरेका ड्यान एन्डोएले अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेजको खुट्टाको बीचबाट बललाई जाली चुमाउँदै खेललाई १-१ को बराबरी स्थितिमा ल्याए, जसका कारण निर्धारित समयमा निर्णय हुन नसकी खेल अतिरिक्त समयमा धकेलियो।
अतिरिक्त समयमा भने अर्जेन्टिना पूर्ण रूपमा हाबी देखियो। जुलियान अल्भारेजले सानदार गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए भने खेलको अन्तिम समय अर्थात् १२१ औँ मिनेटमा लौटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाको ३-१ को जित निश्चित भयो। यो सानदार जितसँगै अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ।


