Banijya News

मुक्तिनाथ विकास बैंकद्वारा २६ व्हीलचेयरसहित स्वास्थ्य सामग्री प्रदान

1
1.0K Shares

मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई स्वास्थ्य तथा स्वच्छ खानेपानीसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ।

बैंकले स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा सहयोग पुर्‍याउने उद्देश्यले २६ वटा व्हीलचेयर उपलब्ध गराएको जनाएको छ।

बैंकले सल्यान जिल्ला अस्पताललाई १० थान, त्रिवेणी गाउँपालिका सल्यानस्थित त्रिवेणी स्वास्थ्य चौकीलाई ३ थान, मोरङको रंगेली अस्पताललाई १० थान तथा रुपन्देहीको ओमसतिया गाउँपालिका–१ नम्बर वडा कार्यालयमार्फत शारीरिक रूपमा फरक क्षमता भएका तथा आवश्यकता भएका व्यक्तिका लागि ३ थान व्हीलचेयर हस्तान्तरण गरेको हो।

त्यस्तै, बैंकले पथरी नगर अस्पताललाई ३ सिटे कुर्सी ४ थान, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ३ वटा विद्युतीय पानी डिस्पेन्सर र सल्यानस्थित श्री जनकल्याण आधारभूत विद्यालयलाई ४ वटा वाटर प्युरिफायर हस्तान्तरण गरेको छ।

स्वास्थ्य सेवा, शिक्षा र सामाजिक समावेशीतालाई प्राथमिकतामा राख्दै बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि समुदायको दिगो विकास र जनकल्याणमा सहयोग पुग्ने कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।

1

Scroll to Top