Banijya News

लाइसेन्स वितरण र ब्लुबुक नवीकरण रोक्का, यस्तो छ कारण

1
1.0K Shares

यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा एक्कासि प्राविधिक समस्या उत्पन्न भएपछि चालक अनुमति पत्र (लाइसेन्स) वितरण, दुई पाङ्ग्रे सवारी साधनको ब्लुबुक नवीकरण तथा सवारी चालकका लागि लिइने लिखित परीक्षा लगायतका अत्यावश्यक सेवाहरू अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा स्थगित गरिएका छन्। विभागले एक आधिकारिक विज्ञप्ति जारी गर्दै प्राविधिक गडबडीका कारण सेवाग्राहीमा पर्न गएको असुविधाप्रति ध्यानाकर्षण गराएको हो।

विभागका प्रवक्ता गणेशमान सिंह राईका अनुसार चालु आर्थिक वर्षको अन्त्य हुनै लाग्दा प्रणाली (सिस्टम) लाई समेत अद्यावधिक (अपडेट) गर्नुपर्ने बाध्यता रहेको र सोही समयमा सर्भरमा समेत जटिल समस्या देखिएकाले तत्कालका लागि सम्पूर्ण सेवाहरू रोकेर मर्मत कार्य अघि बढाउनुपरेको हो ।

 

1

Scroll to Top