साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि देखिएको छ । मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ कायम भएको हो ।
नेप्सेमा कुल ३८३ कम्पनीको १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर खरिद बिक्री हुँदा रू। ८ अर्ब ४१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार १० प्रतिशत केबिएल डिबेन्चर २०९०को भएको छ । यस कम्पनीको ५२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६।२९ बिन्दुमा पुगेको छ ।
आजको बजारमा ९५ कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, ७५ नेपाल एसबिआई बैंक डेबेञ्चर २०९० का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।


