Banijya News

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि आवेदन खुला

1
1.1K Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत दरखास्त आह्वान गरेको छ।

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० अनुसार गठित सिफारिस समितिको निर्णय बमोजिम योग्य र इच्छुक नेपाली नागरिकहरूबाट यो आवेदन माग गरिएको हो। योग्यता पुगेका उम्मेदवारहरूले आवश्यक कागजातसहित २०८३ साउन ७ गतेभित्र आफ्नो आवेदन पेश गरिसक्नुपर्नेछ।

यस पदका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फाराम र अन्य आवश्यक विवरणहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य बीमा बोर्डको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ। मन्त्रालयले तोकिएको समयसीमा भित्रै योग्य उम्मेदवारहरूलाई प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ भने कार्यकारी निर्देशकको चयन सिफारिस समितिको विशेष छनोट प्रक्रियामार्फत गरिने जनाइएको छ।

1

Scroll to Top