Banijya News

वाणिज्य बैंकका कर्मचारीको अवकाश कोष अब सञ्चय कोषले हेर्ने

1
1.0K Shares

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धमा समझदारी भएको छ।

ललितपुरस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र कर्मचारी सञ्चय कोषका निमित्त प्रशासक जीवन कुमार कटुवालले हस्ताक्षर गरे।

समझदारीअनुसार अब राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको सञ्चय कोषलगायत अन्य अवकाश कोषको व्यवस्थापन कर्मचारी सञ्चय कोषले गर्नेछ। हाल राष्ट्रिय वाणिज्य बैंकमा २ हजार ९५५ कर्मचारी कार्यरत छन्।

वि.सं. २०२२ साल माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७७ जिल्लाका सदरमुकामसहित दुर्गम क्षेत्रमा समेत गरी ३१६ शाखामार्फत सेवा दिँदै आएको छ। बैंकले ४८ लाखभन्दा बढी ग्राहकलाई कर्जा, निक्षेप, एटीएम, मोबाइल बैंकिङलगायतका डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।

1

Scroll to Top