Banijya News

आर्थिक वर्ष सुरु हुनासाथ नेप्सेमा ७९.७४ अंकको छलाङ, ४ अर्ब ५३ करोडको कारोबार

1
1.0K Shares

नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँंगै सेयर बजारले उल्ख्ये छलाङ मारेको छ । अघिल्लो दिन मात्र ७.५० अंक बढेको सेयर बजार शुक्रबार ७९.७४ अंकले बढ्दा नेप्से २६७७ विन्दुमा कायम भएको छ ।

कारोबार सुरु हुँदादेखि नै बढेको बजारले दिनभर नै उकालो गति र्लिएको थियो । तर कारोबार रकममा भने सामान्य गिरावट आएको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५३ करोडको भयो । अघिल्लो दिन १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मात्रै कारोबार भएकाले समग्र कारोबार उच्च देखिएको थियो ।

आज २५७ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहगत सूचक बढेका छन् । जलविद्युत्, लगानी र उत्पादन समूह ४ प्रतिशतभन्दा धेरै बढे ।

बैंकिङ २।४१, विकास बैंक २।१८, फाइनान्स ३।३९, होटल तथा पर्यटन ३।६६, जलविद्युत् ४।५८, लगानी ४।१२, जीवन बीमा २।७४, उत्पादन तथा प्रशोधन ४।६०, माइक्रोफाइनान्स १।८०, निर्जीवन बीमा २।११, अन्य २।७७ तथा व्यापार ०।८३ प्रतिशत बढे ।

दुई कम्पनी श्रीनगर एग्रिटेक र सुर्यकुन्ड हाइड्रोको मूल्य १५ प्रतिशत बढ्यो । शिखर पावरको १२।५४, रिजलाइन इनर्जीको १२।०६, मिडसोलु हाइड्रोपावरको १२।०५, सिटी होटलको ११।९९, थ्रीस्टार हाइड्रोपावरको १०।९६, भुजुङ हाइड्रोपावरको १०।७२ तथा नेसनल हाइड्रोपावरको १०।७० प्रतिशत मूल्य बढ्यो ।

आत्मनिर्भर लघुवित्तको मूल्य १५ प्रतिशत घट्यो । फर्स्ट माइक्रोफाइनान्सको ८।७२ तथा कर्पोरेट डेभलपमेन्टको ४।१७ प्रतिशत मूल्य घट्यो । धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर र ङादी ग्रुप छन् ।

1

Scroll to Top