Banijya News

स्थानीय तहका गुनासा मुख्यसचिवमार्फत सम्बोधन हुने, ‘हेलो सरकार’बाट उजुरी दिन सकिने

1
1.0K Shares

स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवामा हुने ढिलासुस्ती, ठेक्का–पट्टा तथा निर्माण कार्यमा देखिने अनियमितता, भ्रष्टाचार र बेथितिसम्बन्धी गुनासोको प्रभावकारी सम्बोधनका लागि सरकारले नयाँ व्यवस्था लागू गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै ‘हेलो सरकार’ पोर्टल तथा अन्य गुनासो सुनुवाइ संयन्त्रमार्फत प्राप्त स्थानीय तहसम्बन्धी उजुरी अब नेपाल सरकारका मुख्यसचिवमार्फत प्रभावकारी रूपमा सम्बोधन गरिने जनाएको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार स्थानीय तहसँग सम्बन्धित गुनासोको छिटो, पारदर्शी र प्रभावकारी समाधान सुनिश्चित गर्ने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको हो ।

गुनासा दर्ता गर्न इच्छुक नागरिकले हेलो सरकारको विद्युतीय प्रणाली (www.gunaso.opmcm.gov.np), निःशुल्क हटलाइन नम्बर ११११, मोबाइल नम्बर ९८५११४५०४५ तथा व्हाट्सएप नम्बर ९८५११४५०४५ प्रयोग गर्न सक्ने कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयले सबै नागरिक तथा सरोकारवालालाई उक्त प्रणालीमार्फत स्थानीय तहसँग सम्बन्धित गुनासा दर्ता गरी सार्वजनिक सेवा प्रवाहलाई थप उत्तरदायी र प्रभावकारी बनाउन सहयोग गर्न आग्रह गरेको छ ।

1

Scroll to Top