वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा अनुगमनका क्रममा कैफियत भेटिएका दुई व्यावसायिक फर्मलाई कारबाही गरिएको छ। बजारमा स्वच्छता कायम राख्ने र अखाद्य वस्तुको बिक्री–वितरण रोक्ने नियमित अभियानअन्तर्गत विभागले कुल १२ वटा फर्महरूमा स्थलगत निरीक्षण गरेको थियो। सोही क्रममा काठमाडौँस्थित ुकिसु चमेनागृहु र जडीबुटीमा रहेको ुक्याल्मेरा अटाएर प्रालिु नियमविपरीत सञ्चालन भएको भेटिएपछि कारबाहीमा परेका हुन्।
विभागका अनुसार अनुगमनका क्रममा खरिद बिल बिजक नराखेको पाइएपछि ुकिसु चमेनागृहुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ र दफा ३८ (घ) बमोजिम रु २० हजार जरिवाना गराइएको छ। त्यसैगरी, मापदण्ड पालना नगर्ने ुक्याल्मेरा अटाएर प्रालिुलाई रु पाँच हजार जरिवाना गरिएको छ। निरीक्षण गरिएका बाँकी १० वटा फर्महरूलाई भने आफ्नो व्यावसायिक प्रक्रियामा सुधार ल्याउन सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ।
उपभोक्ताको अधिकार संरक्षण गर्दै बजारमा अनुचित व्यापारिक क्रियाकलाप रोक्न विभागले यस्ता अनुगमनलाई निरन्तरता दिँदै आएको छ। उद्योग तथा व्यवसाय सञ्चालन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ का प्रावधानहरू पूर्ण रूपमा पालना गराउन आवश्यक निर्देशन तथा जरिवानासहितको कानुनी कारबाही प्रक्रिया अघि बढाइएको विभागले स्पष्ट पारेको छ।


