Banijya News

मलंगवामा एम्पियर स्कुटरको बिक्री सुरु

1
1.1K Shares

भारतको चर्चित विद्युतीय दुईपांग्रे सवारी उत्पादक ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी अन्तर्गतको प्रिमियम ब्रान्ड एम्पियर इलेक्ट्रिकले नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ। नेपालभर दिगो र वातावरणमैत्री सवारीको पहुँच पुर्‍याउने अभियानअन्तर्गत कम्पनीले सर्लाहीको मलंगवामा आफ्नो आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो।

नेपालका लागि एम्पियरको आधिकारिक वितरक एसटीसी अटो सोलुसनले मलंगवास्थित राजश्री चोकमा रहेको बी. एम. ईभी हबलाई आफ्नो नयाँ शोरुमका रूपमा नियुक्त गरेको छ।
नयाँ सञ्चालनमा आएको यस शोरुमबाट ग्राहकहरूले एम्पियरका विभिन्न मोडलका स्कुटरहरू प्रत्यक्ष अवलोकन गर्ने र टेस्ट राइड लिने सुविधा पाउनेछन्। साथै, ग्राहकहरूका लागि सहज खरिद प्रक्रियाका साथै बिक्रीपछिको भरपर्दो मर्मत तथा सेवा पनि उपलब्ध गराइनेछ। एसटीसी अटो सोलुसनसँगको सहकार्यमा गुणस्तरीय विद्युतीय सवारी र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले देशका विभिन्न उदीयमान सहरहरूमा आफ्नो सञ्जाल तीव्र रूपमा फैलाइरहेको छ।

दशकभन्दा बढी अनुभव बोकेको ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीले उत्पादन गर्ने एम्पियर स्कुटरहरू आधुनिक प्रविधि, उच्च गुणस्तर र सुरक्षाका लागि चिनिन्छन्। यही विशेषताका कारण यस ब्रान्डले इलेक्ट्रिक स्कुटर अफ द इयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत जितिसकेको छ। यी स्कुटरमा माइनस चालिस डिग्रीदेखि ६० डिग्री सेल्सियससम्मको तापक्रममा परीक्षण गरिएको सुरक्षित र टिकाउ लिथियम फेरो फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जसमा कम्पनीले पाँच वर्ष वा पचहत्तर हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गर्दछ।

नेपाली बजारमा हाल एम्पियरका तीनवटा मुख्य मोडलहरू उपलब्ध गराइएको छ। जसअन्तर्गत एम्पियर नेक्सस इएक्सको मूल्य तीन लाख पैंतीस हजार रुपैयाँ, एम्पियर नेक्सस इएक्स प्लसको मूल्य तीन लाख पैंतालीस हजार रुपैयाँ र एम्पियर म्याग्नस जी म्याक्सको मूल्य तीन लाख पन्ध्र हजार रुपैयाँ तोकिएको छ। मलंगवामा आधिकारिक सेवा सुरु गरेसँगै एम्पियरले नेपालका साना तथा उदाउँदा सहरहरूमा हरित यातायातको पहुँच विस्तार गर्ने आफ्नो लक्ष्यलाई अझ मजबुत बनाएको छ।

1

Scroll to Top