Banijya News

वेदिका केसी साइबर कसुरमा पक्राउ

1
1.1K Shares

सामाजिक सञ्जाल र विभिन्न युट्युब च्यानलहरूमार्फत राधिका दासीविरुद्ध गलत तथा भ्रामक अफवाह फैलाएको गम्भीर आरोपमा वेदिका केसी पक्राउ परेकी छिन्। प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीले केसीको पक्राउको पुष्टि गर्दै घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।

पक्राउ परेकी केसीमाथि साइबर अपराध (साइबर कसुर) अन्तर्गत मुद्दा चलाउन काठमाडौं जिल्ला अदालतबाट १ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। इन्टरनेट र डिजिटल माध्यमको दुरुपयोग गरी व्यक्तिको प्रतिष्ठामा आँच पुर्याउने गरी अनर्गल प्रचारप्रसार गरेको कसुरमा उनीमाथि प्रहरीले सूक्ष्म ढङ्गले छानबिन गरिरहेको छ।

1

Scroll to Top