Banijya News

माटो जोगाउन जैविक मलभन्दा उत्तम विकल्प छैन: मन्त्री चौधरी

1
1.0K Shares

मधेश प्रदेशका कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धनुषाका विभिन्न ग्रामीण क्षेत्रको अवलोकन गर्दै प्राङ्गारिक एवं गोठे मलको प्रयोग बढाउन किसानहरूसँग प्रत्यक्ष आग्रह गरेकी छिन । उनले रासायनिक मलको प्रयोग घटाउँदै स्थानीय स्रोत र साधनबाट तयार पारिएका जैविक मलको बढावा दिएमा मात्र माटोको उर्वरशक्ति जोगाउन र दीर्घकालीन रूपमा कृषि सुधार गर्न सकिने बताईन ।

निजी सचिवालयका अनुसार मन्त्री चौधरीले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ मा महिला साना किसान कृषि सहकारी संस्थाद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टरको निरीक्षण गरेकी थिईन । उनले स्थानीय महिला कृषकहरूको सक्रियता र साना किसान सहकारीमार्फत भएका कृषि कार्यहरूको सराहना गर्दै प्रविधिको प्रयोग र आत्मनिर्भरतातर्फ जोड दिईन ।

आफ्नो अनुगमन भ्रमणका क्रममा मन्त्री चौधरीले बटेश्वर गाउँपालिका–५ शान्तिपुरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रा।लि। तथा चित्रनगरमा रहेको आँप बगैँचाको समेत प्रत्यक्ष अवलोकन गरिन । किसानका खेतबारी र फार्ममै पुगेर उहाँहरूका समस्या बुझ्दै मन्त्री चौधरीले दिगो कृषि विकासका लागि प्रदेश सरकार किसानको साथमा रहेको प्रतिबद्धता व्यक्त गरिन ।

1

Scroll to Top