Banijya News

नेपालमा पहिलोपटक खल्ती इन्फ्लुएन्सर अवाड्र्स हुने

1
1.0K Shares

नेपालका डिजिटल कन्टेन्ट क्रिएटरहरूको क्षमता र योगदानलाई कदर गर्दै प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक ‘खल्ती इन्फ्लुएन्सर अवाड्र्स’ आयोजना हुने भएको छ। आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सको आयोजना तथा स्पर्श मिडिया इन्टरटेन्मेन्टको व्यवस्थापनमा हुन लागेको यस कार्यक्रमको ग्राण्ड फिनाले आगामी भदौको अन्तिम साता काठमाडौंमा हुनेछ।

गत जेठदेखि खुला गरिएको आवेदनमा देशभरका ५०० भन्दा बढी प्रतिभाहरूले सहभागिता जनाइसकेका छन्। प्राप्त आवेदनहरू मध्येबाट निर्णायक टोलीले उत्कृष्ट १०० जना प्रतिस्पर्धीहरूलाई छनोट गरी फाइनल चरणमा पुर्‍याउनेछन्। कुल १० वटा विधामा प्रदान गरिने यस अवार्डका लागि प्रत्येक विधामा १०–१० जना क्रिएटरहरू समेटिने गरी आगामी साता मनोनयन सूची सार्वजनिक गर्ने तयारी छ। निष्पक्ष मूल्याङ्कनका लागि अभिनेता प्रशान्त ताम्राकार, आइएमई ग्रुपका बद्री कटवाल, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र पत्रकार टेक नारायण भट्टराईसहितको चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ।

सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रभाव बढ्दै गएको अवस्थामा क्रिएटरहरूको मेहनतलाई राष्ट्रिय स्तरमा औपचारिक मान्यता दिन यो अवार्ड कोशेढुङ्गा साबित हुने आयोजकको विश्वास छ। कार्यक्रम हुने निश्चित स्थान, विधागत वर्गीकरण तथा अन्य थप विवरणहरू भने आयोजकले आगामी दिनहरूमा क्रमशः सार्वजनिक गर्दै जाने जनाएका छन्।

1

Scroll to Top