मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा दान राज पन्त नियुक्त भएका छन । साउन ८ गते बसेको संस्थाको १९० औँ सञ्चालक समितिको बैठकले बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पन्तलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालका अनुसार यो नियुक्ति सोमबारदेखि नै औपचारिक रूपमा लागू भइसकेको छ। अनुभवी नेतृत्वकर्ता पन्तको नियुक्तिसँगै संस्थाको प्रशासनिक तथा व्यवस्थापकीय कार्य अझ बढी प्रभावकारी हुने विश्वास गरिएको छ।


