Banijya News

ईसेवा मनि ट्रान्सफरले १० महिनामा गर्या साढे १५ करोडको व्यापार

1
1.0K Shares

ईसेवा मनि ट्रान्सफरले गत आर्थिक वर्षको १० महिनामा साढे १५ करोड रुपैयाँको व्यापार व्यवसाय गरेको छ। सन् २०१९ मा स्थापित यस रेमिट्यान्स कम्पनीले पछिल्ला वर्षहरूमा सन् २०२२ देखि सन् २०२५ सम्म क्रमशः २३ करोड ८० लाख, २३ करोड ५० लाख, २१ करोड २० लाख र २० करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो। यद्यपि, पछिल्लो समय कम्पनीको समग्र आम्दानीमा करिब ४५ प्रतिशतको वृद्धि देखिए पनि सञ्चालन मार्जिनमा भने केही गिरावट आएको छ।

व्यापारिक हिसाबले कम्पनीको नाफा मार्जिन सन् २०२२ को २४।३५ प्रतिशतबाट घटेर सन् २०२५ मा १७।८९ प्रतिशतमा झरेको थियो भने गत आवको १० महिनामा सञ्चालन मार्जिन २०।७६ प्रतिशत र खुद नाफा ७।४१ प्रतिशत रहेको छ। आर्थिक सूचकहरूमा केही उतारचढाव देखिए पनि कम्पनीको ब्याज कभरेज र ऋण सेवा कभरेज अनुपातमा सुधार हुँदै गएको छ भने गत आवको १० महिनासम्ममा कम्पनीको कर्जा बढेर २४ करोड ४० लाख रुपैयाँ पुगेको छ।

एफवान सफ्ट इन्टरनेशनल प्रालिको ७५ प्रतिशत स्वामित्व रहेको यस कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी विश्वभरका ६० वटा अन्तर्राष्ट्रिय एएमटीओसँग सहकार्य गर्दै आएको छ। यसैगरी, कम्पनीले आफ्ना सेवाग्राहीलाई लक्षित गर्दै अल्पकालीन कर्जा प्रयोजनका लागि ७० करोड रुपैयाँको रेटिङ गराएको छ।

देशभर रेमिट्यान्स सेवा विस्तार गर्ने क्रममा कम्पनीले १३ हजार आठ सयभन्दा बढी पे(आउट लोकेशन र चार हजारभन्दा बढी बैंक, वित्तीय संस्था तथा व्यक्तिगत एजेन्टमार्फत सेवा दिँदै आएको छ। स्थापना कालदेखि नै सहज र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्दै आएको यस संस्थाले आफ्नो कार्यक्षेत्रलाई अझै फराकिलो बनाउँदै लगेको छ।

1

Scroll to Top