Banijya News

एसबिआई बैंकको नाफा २ अर्ब ४ करोडमाथि

1
1.0K Shares

नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा सन्तोषजनक सुधार भएको जनाएको छ। विवरण अनुसार असार मसान्तसम्ममा बैंकले २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमाएको १ अर्ब ८१ करोड ९ लाख रुपैयाँको तुलनामा १२.८९ प्रतिशतले बढी हो।

बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानीमा भएको वृद्धि र प्रोभिजनिङ ९इम्पेरमेन्ट चार्ज० मा आएको गिरावट मुख्य कारण मानिएका छन्। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३० प्रतिशत र फि तथा कमिसन आम्दानी ७.१२ प्रतिशतले बढेको छ। त्यस्तै, अघिल्लो वर्ष १ अर्ब ३ करोड ५ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज घटेर ९४ करोड १ लाख रुपैयाँमा झरेपछि सञ्चालन मुनाफा ६.२२ प्रतिशतले बढ्न पुगेको छ।

नाफामा आएको सुधारसँगै बैंकको प्रतिशेयर आम्दानी ९भ्एक्० पनि १ रुपैयाँ ४२ पैसाले बढेर १८ रुपैयाँ ४ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी ११ रुपैयाँ ४ पैसा कायम भएको छ। यसैगरी बैंकको प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ७३ पैसा र मूल्य आम्दानी अनुपात ९एरभ् च्बतष्य० २१।७७ गुणा रहेको छ।

हाल ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ७३ करोड ७७ लाख रुपैयाँ सञ्चित छ। व्यवसाय विस्तारतर्फ बैंकले समीक्षा अवधिसम्ममा कुल २ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ।

1

Scroll to Top