Banijya News

दक्षिण कोरियाली उद्धार टोली रसुवाको धुञ्चेमा

1
1.0K Shares

गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि दक्षिण कोरियाबाट आएको विशेषज्ञ टोली रसुवाको धुञ्चे पुगेको छ ।

बाढीका कारण प्रभावित बनेका क्षेत्रमा हराइरहेकाको खोजी तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले आएको टोलीले आज मंगलबारदेखि आफ्नो कार्य सुरु गर्ने भएको छ ।

टोलीले भोटेकोशी बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा पुगेर खोज तथा उद्धारसम्बन्धी काम अघि बढाउने जनाइएको छ । विदेशी विशेषज्ञ टोलीको परिचालनले बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार प्रयासलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

1

Scroll to Top