स्थापनाको दुई दशक पार गरेको अवसरमा ग्लोबल आइएमई बैंक लिमिटेडले आगामी १६ असोजमा आफ्नो २०औं वार्षिक साधारणसभा बोलाएको छ। दुई दशक लामो व्यावसायिक यात्रामा सेवा सञ्जाल, ग्राहक आधार र डिजिटल क्षमतामा उल्लेख्य विस्तार गर्न सफल बैंकले यस पटक सेयरधनीहरूलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव अघि सारेको छ, जुन साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ।
वित्तीय पहुँचका हिसाबले बैंकले देश तथा विदेशमा गरी १ हजारभन्दा बढी सेवा केन्द्रहरूको मजबुत सञ्जाल तयार पारिसकेको छ। हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र विदेशमा ३ प्रतिनिधि कार्यालयहरू सञ्चालनमा छन्। बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ६० लाख रुपैयाँ पुगेको छ भने कुल निक्षेप २१।८० प्रतिशतले बढेर ७०० अर्ब ४४ करोड र कर्जा लगानी ८।२२ प्रतिशतले वृद्धि भई ४७६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। यसै अवधिमा बैंकले अघिल्लो वर्षको तुलनामा १५।९० प्रतिशतको वृद्धि हासिल गर्दै ६ अर्ब ३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
सबल वित्तीय स्थिति निर्माणसँगै बैंकले भविष्यको व्यावसायिक रणनीतिका रूपमा दिगो बैंकिङ र हरित वित्त ९ग्रीन फाइनान्सिङ० लाई प्राथमिकतामा राखेको छ। दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि बैंकले ुसस्टेनेबल बैंकिङ कमिटीु गठन गरी ुसस्टेनेबिलिटी स्टेटमेन्टु समेत जारी गरिसकेको छ। वातावरण संरक्षणसँगै दीर्घकालीन जोखिम व्यवस्थापन गर्न बैंकले वातावरणमैत्री घर र ऊर्जाका लागि ुग्रीन होम लोनु तथा ुरूफटप सोलार पीभी लोनु जस्ता सेवाहरू प्रवाह गरिरहेको छ। साथै, कृषि र साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्न ुक्लाइमेट(स्मार्ट एग्रिकल्चर लोनु र ुग्रीन एसएमई लोनु जस्ता नवीन कर्जा योजनाहरू कार्यान्वयनमा ल्याइएका छन्।
पर्यावरणीय उत्तरदायित्वलाई संस्थागत गर्न बैंकले ुपार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्सु ९पीसीएएफ० मा आबद्ध भई आफ्ना वित्तीय लगानीबाट हुने कार्बन उत्सर्जन मापन र ुकार्बन डिस्क्लोजर रिपोर्टु सार्वजनिक गर्न थालेको छ। आगामी दिनमा ुग्रीन बन्ड्सु, ुसस्टेनेबिलिटी बन्ड्सु, ुब्लेन्डेड फाइनान्सु र ुक्लाइमेट फन्ड्सु जस्ता आधुनिक वित्तीय उपकरणहरूमार्फत हरित कर्जालाई नै बैंकको मुख्य दिगो व्यावसायिक आधार बनाउने लक्ष्य राखिएको छ।

