Banijya News

ट्रायम्फ मोटरसाइकलको दशैँ-तिहार लक्षित विशेष अफर सार्वजनिक

1
1.0K Shares

चाडपर्वको अवसर पारेर ब्रिटिस ब्रान्ड ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी (गोल्छा अर्गनाइजेसन) ले ‘द ग्रेट फेस्टिभल गियर-अप २०८३’ अफर ल्याएको छ। असोज ४ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने यस योजनाअन्तर्गत ग्राहकले काठमाडौं उपत्यका र बाहिर रहेका ११ वटा आधिकारिक शोरुमहरूबाट मोटरसाइकल खरिद गर्दा विभिन्न छुट तथा सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

यस पर्व लक्षित योजनाअन्तर्गत ट्रायम्फका बहुचर्चित मोडेलहरू स्पीड T4, स्पीड ४००, स्क्र्याम्बलर ४०० एक्स र स्क्र्याम्बलर ४०० एक्ससीको खरिदमा आकर्षक उपहारहरू राखिएको छ। मोटरसाइकल किन्ने प्रत्येक ग्राहकले सर्टिफाइड राइडिङ ज्याकेट, सर्टिफाइड हेलमेट र फाइल ब्याग उपहारस्वरूप पाउनेछन्। त्यसैगरी पुरानो बाइक साटेर नयाँ ट्रायम्फ लिन चाहनेहरूका लागि तत्कालै मूल्याङ्कन हुने ‘स्पट एक्सचेन्ज’ सुविधा पनि उपलब्ध गराइएको छ।

ग्राहकलाई वित्तीय सहजता प्रदान गर्न HFL सँगको सहकार्यमा मासिक रु. ५,९७६ बाट सुरु हुने न्यूनतम किस्ताबन्दी (EMI) सुविधा ल्याइएको छ। ग्राहकले आफ्नो आर्थिक क्षमताअनुसार डाउन पेमेन्ट र भुक्तानी अवधि चयन गर्न सक्नेछन्। ट्रायम्फ नेपालका म्यानेजर सागर थापाका अनुसार दशैँ, तिहार र छठ जस्ता ठूला पर्वहरूमा नयाँ सवारी साधन किन्ने सोच बनाएका ग्राहकहरूलाई सहज र उत्साहजनक अनुभव दिलाउन यो अफर सार्वजनिक गरिएको हो।

यो योजना काठमाडौं उपत्यकाभित्रका नक्साल, भक्तपुर, ललितपुर र चावहिल-बौद्धका साथै उपत्यकाबाहिर चितवन, बुटवल, पोखरा, इटहरी, हेटौँडा, धनगढी र दाङका शोरुमहरूमा लागू हुनेछ। उत्कृष्ट ब्रिटिस डिजाइन र इन्जिनियरिङका लागि विश्वभर परिचित ट्रायम्फका पारखीहरूले नजिकैको शोरुममा गई मोटरसाइकल अवलोकन गर्नुका साथै फाइनान्स र एक्सचेन्जबारे थप जानकारी लिन सक्नेछन्।

1

Scroll to Top