Banijya News

कतारमा हुने एसियाली पूर्वाधार विकास बैंकको बैठकमा सहभागि हुँदै अर्थमन्त्री डा. वाग्ले

1
1.0K Shares

एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को ११औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शनिबार साँझ कतारको राजधानी दोहा प्रस्थान गरेको छ। अर्थ मन्त्रालयका अनुसार सहसचिव अमृत लम्सालसहितको टोली कतार एयरवेजको नियमित उडानमार्फत त्यसतर्फ लागेको हो।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रलाई सम्बोधन गर्दै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका लागि बहुपक्षीय लगानी जुटाउनेबारे छलफल गर्नेछन्।

दोहा बसाइका क्रममा उनले एआईआईबीका अध्यक्षका साथै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। औपचारिक बैठक र भेटघाट सकिएपछि प्रतिनिधिमण्डल असोज १४ गते स्वदेश फर्कनेछ।

1

Scroll to Top