Banijya News

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो : १० जना आरोही सम्पर्कविहीन

1
1.0K Shares

मनाङस्थित हिम्लुङ हिमालको आधार शिविर (बेस क्याम्प) मा आइतबार बिहान गएको ठूलो हिमपहिरोका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। विगत केही दिनदेखि जारी निरन्तरको भारी वर्षा र भीषण हिमपातका कारण अकस्मात खसेको पहिरोले आधार शिविरमा टाँगिएका मुख्य टेन्टहरू पूर्ण रूपमा पुरेको छ।

सम्पर्कविहीन हुनेहरूमा ुहिमालयन होलिडेज नेपालु का ८ जना आरोही तथा सहयोगी र ुइमाजिन नेपाल ट्रेक्सु का २ जना भान्सा कर्मचारी रहेका छन्। पहिरोले शिविरका संरचनाहरू बगाएपछि उनीहरूसँगको सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद भएको अभियान आयोजकहरूले जनाएका छन्।

एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालका अनुसार मौसम खराब हुने चेतावनीपछि सो क्षेत्रमा रहेका अन्य एजेन्सीका धेरैजसो आरोही तथा सहयोगीहरू अगाडि नै सुरक्षित तल्लो क्षेत्रतर्फ झरिसकेका थिए। तर, केही टोली बेस क्याम्पमै बाँकी रहेका बेला यो विपत्ति आइलागेको हो।

घटनापछि उद्धार टोली र स्थानीय प्रशासनलाई खबर गरिएको छ भने प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्यमा चुनौती थपिएको छ। सम्पर्कविहीन भएकाहरूको अवस्था पत्ता लगाउन र उद्धार कार्य तीव्र पार्न सरोकारवाला निकायहरू जुटिरहेका छन्।

1

Scroll to Top