आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पाक्षिक उपहार कुपनका लागि खरिद बिलको विवरण दर्ता ९प्रविष्टि० गर्ने अन्तिम समयसीमा आगामी असोज ३१ गते शनिबारसम्म तोकिएको छ। विभागले सर्वसाधारण उपभोक्ताहरूलाई तोकिएको समयभित्रै आफूले खरिद गरेका वस्तु तथा सेवाका बिलहरू दर्ता गराउन आह्वान गरेको छ।
विभागका अनुसार वि।सं। २०८३ असोज १६ गतेदेखि ३१ गतेसम्मको अवधिमा नगद भुक्तानी गरी वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताहरू यस उपहार कार्यक्रममा सहभागी हुन योग्य हुनेछन्। उपहार कुपन प्राप्त गर्नका लागि उपभोक्ताहरूले असोज ३१ गतेभित्रै आन्तरिक राजस्व विभागको आधिकारिक पोर्टल (https://prize.ird.gov.np/) मा गएर आफ्नो खरिद बिलको विवरण अनिवार्य रूपमा प्रविष्टि गर्नुपर्नेछ।
उक्त अवधिभित्र दर्ता भएका बिलहरूका आधारमा तयार गरिने उपहार कुपन आगामी कात्तिक १ गते खोलिने विभागले जनाएको छ। सोही दिन गोलाप्रथा ९लक्की ड्र० मार्फत विजेताहरूको आधिकारिक घोषणा गरिनेछ।
पुरस्कार दाबी गर्नका लागि खरिद गर्दा प्राप्त भएको सक्कल बिलरबीजक अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने भएकाले सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा सक्कल बिल लिन विभागले उपभोक्ताहरूलाई अनुरोध गरेको छ। साथै, विभागले सम्पूर्ण व्यवसायीहरूलाई पनि वस्तु तथा सेवा बिक्री गर्दा नियमानुसार अनिवार्य रूपमा बिक्री बिल जारी गर्न कडा निर्देशनसहित ताकेता गरेको छ।


