Banijya News

तरलता अभाव भन्दै बैंकहरूले प्रिमियम बढाएर कर्जाको ब्याजदर बढाए : उद्योगी

1
1.1K Shares

नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष अन्जन श्रेष्ठले तरलता अभाव भन्दै बैंकहरूले प्रिमियम बढाएर कर्जाको ब्याजदर बढाएका दाबी गरे । नेपाल उद्योग वाणिजय महासंघले आयोजन गरेको नवउत्थान सम्मेलन कार्यक्रममा बोल्दै उपध्यक्ष श्रेष्ठले “पिमियम र बेसरेट बढाउँदा ऋणी मारमा परेको छन्,” उनले ब्याजदर गणना विधि परिवर्तन हुनुपर्ने बताए । अहिले सरकाले खर्च नबढाएरै तरलता अभाव भएको भन्दै उनले त्यसमा ध्यान दिनुपर्ने बताए ।
उनले भने, “ नयाँ र नवीकरण गर्ने कर्जाको ब्याजदर ४ प्रतिशतले बढेको छ । पुराना कर्जामा पनि बैंकहरूले प्रिमियम बढाउन फोन गरिरहेका छन् ।”

 

उनले अहिले बजारमा संस्थागत निक्षेपकर्ताले ब्याजदर प्रभावित बनाउने काम भएको दाबी गरे । “ब्याजकै लोभमा संस्थागत निक्षेपकर्ता बिरालोले बच्चा सारे जस्तो बढी ब्याज दिने बैंकमा निक्षेप सार्ने गरेका छन्,” उनले भने, “ बैंकरहरू तिनै संस्थागत निक्षेपकर्ताको जी हजुरीमा अहिले समय बिताइरहेका छन् ।”

अर्थमन्त्रीले ’पुँजीगत खर्च यही पु¥याउँछु’ भनेर प्रतिवद्धता जनाउन नसकेको तर विभिन्न फोममा ’राजस्व यति पु¥याउने र यस्तो गर्ने’ भन्ने गरेको भन्दै उनले गुनासो गरे । सरकार राजस्व उठाउन मात्र केन्द्रित भएको उनले आक्रोश पोखे ।

उद्योग वाणिजय महासंघको अर्का उपाध्यक्ष दिने श्रेष्ठले अर्को सेसनमा अहिले साना तथा मझौला उद्योगले कर्जा नपाउने अवस्था रहेको बताए । “४० अर्ब कर्जा लिनले सजिलै पाउँछ । तर, अर्थतन्त्रको आधार स्तम्भ, साना व्यवसायीलाई २÷४ करोड कर्जा पाउने अवस्था छैन । राष्ट्र बैंकले कुल कर्जाको ५० प्रतिशत साना व्यवसायीलाई दिनुपर्ने व्यवस्था गर्नुपर्छ,” उनले भने ।

उनले व्यवसायीलाई दर्जनौ कानुनले नभई एउटै कानुनले नियमन गर्नुपर्ने बताए ।

छलफलमा सहभागीहरूले २÷४ करोडको कारोबार गर्ने व्यवसायीलाई राजस्व कार्यालयन धाउनुपर्ने वयवस्था अत्न्य गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले आफूहरू अहिलेको भन्दा दुई गुणा कर तिर्न पनि तयार रहेको तर बैंकमा राजस्व जम्मा गरेर भौचर राख्दा हुने व्यवस्था गर्नुपर्ने बताएका थिए ।
उद्योगीले कर्जा निक्षेप अनुपात (सीडी रेसियो)को नाममा घुमाउरो तरिकाले उद्योगमाथि सम्बन्धीत निकायले डण्डा चलाएको बताएका थिए । यस्को बचाउँ गर्दे नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर डा. निलम ढुंगानाले चालु मौद्रिक नीतिबाट कार्यान्वयन गरेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो)को बचाउ गरेकी छन् । ढुंगानाले बैंकहरूमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न सीडी रेसियो कार्यान्वयनमा ल्याएको दाबी गरिन् ।

सीडी रेसियोको कारण नभई साधन परिचालन र स्रोत संकलन सन्तुलन नमिल्दा तरलतामा चाप परेको उनको तर्क छ । वस्तुको आयात बढ्दा, रेमिट्यान्स घट्दा, पुँजीगत खर्च नहँदा तरलतामा चाप परेको उनले बताइन् । “प्रेटोलियम पदार्थको मूल्य बढिरहेकाले मुद्रास्फीति बढ्ने सक्ने देखिन्छ,” उनले भनिन्, “मूल्य बढ्छ भन्ने अनुमान गर्दै चाहिने भन्दा बढी सामान खरिदगरी भण्डारण गर्दा आयात बढेर तरलतामा चाप प¥यो ।”

“सीडी रेसियो कार्यान्वयनले अहिले तरलता अभाव मात्रै छ । तर, यसले बैंकमा हुनसक्ने सम्भावित दुर्घटनाबाट जोगाएको छ,” उनले भनिन्, “ भविष्यका लागि दिगो वित्तिय व्यवस्थापन गर्न पनि अहिले बैंक जोगाउनुपर्छ त्यसका लागि सीडी चाहिन्छ ।”

उनले सीसीडी रेसियो अन्तर्राष्ट्रिय अभ्यासमा नै नभएको भन्दै विगतमा वित्तीय पहुँच विस्तारका लागि बैंकहरूको लाइसेन्स बाँडेको तर बैंकहरूमा पुँजीको स्रोत भएपनि निक्षेप नभएर कर्जा लगानी गर्न नसक्दा सीसीडी रेसियोको नीति लिएको बताइन् । तर, अब पनि पुँजीबाट कर्जा लगानी गर्दा जोखिम आउनसक्ने भएकाले निक्षेपबाट मात्रै कर्जा लगानी होस् भनेर उक्त नीति लिइएको उनको दाबी छ । उनले सीडी परिमार्जन नहुने तर २० प्रतिशत रहेको लिक्युडिटी रेसियोको प्रभावकारी नियमन गर्ने बताइन् । राष्ट्र बैंकले मुद्दती र बचत निक्षेपको ग्याप ताकेर समग्र बैंकको व्यवसायमा समस्या भएपनि बचतकर्तालाई धेरै राम्रो भएको उनको तर्क थियो ।

राष्ट्र बैंकले कर्जा तिर्ने समय बढाएर छुट दिँदा बैंकहरूको कर्जा रि–पेमेन्ट तालिका प्रभावित भएर पनि तरलता अभाव भएकाले अब माघबाट रि–पेमेन्ट हुने हुँदा तरलता सहज हुने उनको भनाइ छ । तरलता व्यवस्थापनका लागि आयात अनुत्पादक क्षेत्रको कर्जामा कडाइ गर्ने नीति रहेको उनले स्पस्ट पारिन् ।
प्रतिस्पर्धी बजारमा कहिलेकाहीँ सबैको हितका लागि अनियन्त्रित प्रतिस्पर्धा नियन्त्रण गर्नुपर्ने अवस्था आउने र सोही कारण ब्याजदरमा नियमन गर्नुपरेको उनको भनाइ थियो । राष्ट्र बैंक नियामकीय निकाय भएकाले वित्तीय स्थायित्वका लागि कहिलेकाहीँ कडा नीति निर्देशन ल्याउनुपर्ने उनले बताइन् ।

कोभिडले थलिएको अर्थतन्त्र सुधार्न सरकार र राष्ट्र बैंकको नीतिले सहयोग गरेको बताउँदै उनले अडिटरले पटक पटक प्रश्न गर्दा पनि ४२ अर्बको पुनकर्जा कोषबाट पाँच गुणा बढी पुनकर्जा दिएको बताइन् ।

“अडिटरले ४२ अर्बको कोषबाट कसरी ५ गुणा पुनकर्जा दिनुहुन्छ, हेलिकप्टर मनि कसरी बाँडेको भनेर प्रश्न गर्नुहुन्छ ? तर, पनि कोभिड पछिको पुनर्उत्थानको राष्ट्र बैंकले शिवजीले विष पचाए जसरी उहाँहरूको प्रश्नलाई पचाएर पुनर्कर्जा बाँडेका छौँ,” उनले भनिन् । तरलता व्यवस्थापन गर्न बैंकहरूले कर्जा विस्तारमा चनाखो हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रमा बैंकर्स संघका अध्यक्षले सरकारले खर्च नगरेको पैसा वाणिज्य बैंकमा निक्षेपको रूपमा रहने व्यवस्था गर्न सुभाव दिएका थिए । डेपुटी गभर्नर ढुंगानाले त्यो कार्य सम्भव नहुने बताइन् । “सरकारी पैसा वाणिज्य बैंकमा राख्दा भोलि खर्च गर्ने बेलामा वाणिज्य बैंकले दिन नसक्ने अवस्था आाएमा कसरी खर्च गर्ने त्यसैले राष्ट्र बैंकमै राखिएको हो,” उनले भनिन् । अहिले कतिपय बैंकको सीडी रेसियो ९० कटे पनि असार मसान्तमा ९० मा झार्नपर्ने र राष्ट्र बैंकमा पेस गरेको कार्ययोजना अनुसार काम नभएमा बैंक जिम्मेवार हुने उनले बताइन् ।

’कर्जाको माग कति हो ? अध्ययन गरेरे स्रोत व्यवस्थापनको बहस गरौं’

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले अहिले तरलता अभावको बहस भन्दा पनि निजी क्षेत्रलाई चाहिने कर्जाबारे बहस गर्नुपर्ने बताए ।

“कर्जा पाइएन भन्दा पनि हाम्रोमा कर्जाको माग कति हो, डिमान्ड फोर्कस्ट एफएनसीसीआईले गरोस् अनि बहस गरौँ,” उनले भने, “चालु आवमा ७ प्रतिशतको आर्थिक वृद्धिका लागि १९ प्रतिशत कर्जा विस्तारको लक्ष्य छ । जुन ७१८ अर्ब हो, ४ महिनामा ४११ अर्ब भइसक्यो । लक्ष्य भन्दा कर्जा विस्तार धेरै उच्च छ ।”

उनले तरलता व्यवस्थापनका लागि सरकारी निकायबाट पैसा परिचालन हुनुपर्ने बताए । ब्याजदरबारे उनले कोभिडकालमा निक्षेपको ब्याजदर मुद्रास्फीति भन्दा कम भएको तर अहिले मुद्रास्फीतिभन्दा माथि पुगेको भन्दै यसको आलोचना नभई एप्रिसिएट गर्नुपर्ने धारणा राखे ।

केही पहल गरेमा अहिले पनि ६÷७ खर्ब पैसा बजारमा खेलाउन सकिने उनको भनाइ थियो । “सरकारले ग्यारेन्टी बसेर वैदेशिक ऋण ल्याउन सहज हुँदा सरकारले त्यसमा काम गर्नुपर्छ । अहिले २ खर्ब २२ सरकारी ढुकुटी छ, १० वर्षको प्रोजेक्ट बन्ड जारी गर्ने हो भने त्यताबाट स्रोत ल्याउन सकिन्छ,” उनले भने, “सीडीलाई सीसीडी नै गर्दा करिब २ खर्ब स्रोत उपलब्ध हुन्छ । अन्तरबैंक सापटी ७ देखि १४ दिनको बनाउनुपर्छ । यी कुरामा नीतिगत सहुलयत दिँदा ६÷७ खर्ब खेल्ने ठाउँ रहन्छ ।”

उनले तरलता समस्या समाधानको अर्को विकल्पमा एनआरएन र वैदेशिक ऋणदाताहरूले लगानी गर्न मिल्ने गरी बैंकमार्फत वैदेशिक ऋणपत्र ल्याउने नीतिगत सहजीकरण गर्नुपने बताए । यस्तै कर्पाेरेट हाउसले प्रोजेक्ट बेस ऋणपत्रमा लगानी गर्न पनि सकिने उनको धारण छ ।

 

1

Scroll to Top