संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले बुधबार भएको पत्रकार सम्मेललनमा सलमानसँग भिडियोवार्तामा बोल्दै माउन्टेन फ्लाइटका लागि सलमानलाई निम्तो दिइसकेका छन् ।
सलमानलगायत बलिउडका कलाकारहरु दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’ का लागि नेपाल आउन लागेका छन् । सलमानले समय दिएमा ‘माउण्टेन फ्लाइट’मार्फत सगरमाथा अवलोकन गराउने तयारी पनि आयोजकको छ । “हाम्रो इभेन्ट २८ तारिखमा छ । उहाँको नेपाल बसाई तीन दिन रहनेछ । २७ तारिखमा बिहान नेपाल आउनुहुन्छ । २९ तारिखमा फर्किनुहुन्छ । यदि उहाँ २६ तारिखमा आउनु भयो भने ‘माउण्टेन फ्लाइट को योजना पनि छ । यदि २७ मा मात्रै आउनु भयो भने लुम्बिनी भ्रमण र एकदिन प्रायोजकहरुसँग ‘मिट एन्ड ग्रिट’ को कार्यक्रम छ,” ओडिसी प्रमुख गुरुङले बताए ।
ओडीसी इन्टटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा सलमानलगायत बलिउड कलाकारहरु सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नानडिज, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मालगायत टिम नेपाल आउन लागेको छ । ज्याकलिन भने कानुनी झमेलामा फसेका कारण नेपाल आउने निशिच्त भइसकेको छैन ।


