नेपाल विज्ञापन संघ (आन)को अध्यक्षमा सुदीप थापा निर्वाचित भएका छन् । उनी निर्विरोध चयन भएका हुन् ।
संघको २४औँ वार्षिक साधारण सभाले संघको ११ औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो ।
जसमा पदाधिकारीहरूमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरू निर्विरोध निर्वाचित र सात जना सदस्य निर्वाचित भएका छन् ।
संघको नवनिर्वाचित अध्यक्ष सुदीप थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति चयन भएको छ ।


