Banijya News

मान्छे मारेको अपराधमा बाघ पुग्यो जेलमा

1
1.2K Shares

सामान्यतया आपराधिक घटनामा संलग्न भई कसुरदार ठहरीय त्यस्तो व्यक्तिलाई कैद तथा जरिमाना सजाय हुने गरेको सुनेकै हो।

तर, वन्यजन्तुले पनि कसुर गर्दा कैद सजाय भोग्नुपरेको भन्ने सुन्दा अनौठो लाग्ला तर यो सत्य हो। बर्दियामा बस्तीमा पसेर मान्छे मार्ने बाघ यतिखेर निकुञ्जको कैद अर्थात् रेस्क्यु सेन्टरमा छ।

आइतबार बिहान ७ बजे बस्तीमा मान्छे मारेर निकुञ्जमा छिरेको बाघलाई निकुञ्ज प्रशासनले सोमबार बिहान करिब ९ बजे नियन्त्रणमा लिएको हो। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

1

Scroll to Top