Banijya News

६६ वर्ष पहिल्यै लिपुलेकलाई व्यापारिक नाका बनाउने भारत र चीनबीच सम्झौता !

1
1.1K Shares

काठमाडौं, २८ कात्तिक । भारत र चीनबीच ६६ वर्षपहिल्यै नेपाली भूभाग लिपुलेकलाई ट्रेड लिंक (व्यापारिक नाका) बनाउने सम्झौता भएको तथ्य बाहिर आएको छ। सरकारले गुपचुप राखेको सीमा विवादसम्बन्धी अध्ययन प्रतिवेदनमा सन् १९५४ मा भारत र चीनबीच दुईपक्षीय सम्झौता भएको उल्लेख छ।

सूर्यनाथ उपाध्याय संयोजकत्वमा गठित सीमा विवादसम्बन्धी अध्ययन प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन। सीमाविद् एवं अध्ययन टोलीका सदस्य पुण्यप्रसाद ओलीले नेपाल र चीनबीच दुईपक्षीय सीमा सम्झौता नहुँदै भारत र चीनले नेपाली भूभागलाई व्यापारिक नाका बनाउने सम्झौता गरेको बताए।

सन् १९९९ मा भारतीय विदेशमन्त्री जसवन्त सिंहको चीन भ्रमणका बेला लिपुलेकलाई व्यापारिक नाका विस्तार गर्ने सहमति भएको थियो। सन् २००५ अप्रिल ११ मा भारत–चीनबीच नेपालको लिपुलेक भन्ज्याङलाई सीमा ‘मिलन विन्दु’ मान्ने सहमति भएको थियो।

यस्तै सन् २०१५ मे १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला भारत र चीनबीच च्याङ्ला÷लिपुलेक नाकाबाट ‘सीमा व्यापार’ अघि बढाउने सहमति भएको थियो। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

1

Scroll to Top