Banijya News

भ्रष्टाचारको सूचीमा नेपाल विश्वको ११३ औँ स्थानमा

1
1.1K Shares

१० माघ, २०७६, काठमाडौं
प्रधानमन्त्री केपी ओलीले बारम्बार भ्रष्टाचारमा शून्य सहनशीलता भन्दै आए पनि मुलुकको भ्रष्टाचारको आकडा घट्न सकेको छैन। ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) को पछिल्लो प्रतिवेदनले नेपाललाई भ्रष्टाचार व्याप्त मुलुकका रुपमा देखाएको छ। बर्से्नि सार्वजनिक हुने यस्तो प्रतिवेदनको पछिल्लो संस्करणमा नेपाल सय अंकको सदाचार पूर्णांकमा ३४ अंक लिएर ११३औं स्थानमा छ। प्रतिवेदन १८० देशको सर्वेक्षणमा आधारित छ।

भ्रष्टाचार अवधारणा सूचकांकअनुसार ५० अंकभन्दा कम अंक प्राप्त गर्ने देश भ्रष्टाचारी मानिन्छन्। नेपालमा सरकारको भ्रष्टाचारविरोधी प्रतिबद्धता कार्यान्वयन नभएको, सार्वजनिक क्षेत्र र व्यापार व्यवसाय तथा ठेक्कापट्टामा भ्रष्टाचार कायमै रहेको, अधिकारको दुरुपयोग यथावत् रहेको बिहीबार सार्वजनिक प्रतिवेदनले देखाएको छ। प्रतिवेदनअनुसार पैसाले राजनीतिलाई प्रभावित बनाएका मुलुकमा भ्रष्टाचार व्याप्त छ।

भ्रष्टाचार नियन्त्रणमा खासै सुधार गर्न नसकेको नेपाल टिआईको सूचकांकमा स्थिरजस्तै देखिएको छ। गत वर्ष ३१ अंकसहित नेपाल १२४औं स्थानमा थियो। यसपटक न्यायपालिकाका कामकारबाही, कर असुलीसम्बन्धी निर्णय, नेपाली सेनामा सदाचारको पहल, सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणले नेपालको स्थान केही सुधारिएको प्रतिवेदनले देखाएको छ।
यो खबर आजको नागरीक देनिकमा प्रकाशीत भएको छ ।

1

Scroll to Top