चैंत २३, काठमाडांै ।
सरकारले कोभिड–१९ परीक्षण गर्न भनी प्रतिथान ८ अमेरिकी डलरमा किनेको ७५ हजार थान किट गोदाममा थन्किन पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हालसम्म मान्यता नदिएको द्रुत परीक्षण किट थन्किएको हो ।
सरकारले उक्त खरिद प्रक्रिया रद्द गरेको जनाए पनि द्रुत परीक्षण किटको विश्वसनीयता स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण गर्ने बताएको थियो । तर परीक्षण नहुँदा किट गोदाममा थन्किन पुगेको हो ।


