Banijya News

नुन बेच्दा बढी मूल्य लिएपछि दुई लाख रुपैयाँ जरिबाना

1
1.1K Shares

काठमाण्डौ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलमा रहेको कटुवाल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ । 

विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिबाना गरेको हो । 

त्यसैगरी विभागले मूल्यसूची नराखी जथाभाबी बिक्री गरेको भन्दै ज्ञानेश्वरमा रहेको राजेन्द्र मिट शप, इमाडोलमा रहेको मुकेश जुस तथा फलफुल पसल र बाबुलाल फलफुल तथा तरकारी पसल प्रत्येकलाई ५०–५० हजार रुपैयाँ जरिबाना गरेको छ । रासस

1

Scroll to Top