बलिउडका चर्चित अभिनेता किरण कुमारलाई कोरोना संक्रमण भएपछि होम क्वारेन्टिनमा बसेका छन् । कोरोनाको कुनैपनि संक्रमण नदेखिएपनि उनले कोरोना परीक्षण गरेका थिए । उनले समाजिक संजालमा कोरोना संक्रमणको केही लक्षण नदेखिए परीक्षण गरिएको रिपोर्टमा भने पोजेटिभ आएको प्रतिक्रिया दिएका छन् ।
उनले आफूमा ज्वरो, खोकी लगायतका कुनै पनि लक्षण नदेखिएको भएपनि आफू होम क्वारेन्टिनमा बसेको जानाएका छन् । उनी बिगत १० दिनदेखि परिवारबाट अलग्गै बसेको र अर्को परीक्षण चाडै गर्ने बताएका छन् ।
किरण कुमारका सौदागर, मिस्टर रोमियो, ‘लब इन सिम्ला’ अपराधी, कातिल, गंगा तेरे देशमे, ए है जलबा, धडकन, मुझसे सादी करोगी लगायतका चलचित्र हिट छन् । यसअघि बलिउडकी गायिका कनिका कपुर, चेन्नइ एक्स्प्रेसका निर्माता करिम मोरानी र उनका दुई छोरीहरु शजा र जोआ मोरानीमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।एजेन्सी


