Banijya News

साउनको दोस्रो सातामा एसईई परीक्षाफल प्रकाशित गरिने

1
1.1K Shares

राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो सातासम्म परीक्षाफल प्रकाशित गर्ने गरी कार्यवधि तयार गरेको छ । कोरोनाको महामारीका कारण एसईईको परीक्षा तोकिएको मितिमा सञ्चालन हुन नसकेको र महामारी कायम रहने अबधिसमेत अनिश्चित रहेको हुँदा विद्यार्थीको शैक्षिक सत्र समेतलाई ध्यानमा राखेर कार्यविधिअनुसार परीक्षाफल प्रकाशनको तयारी गरको हो । कार्यविधिअनुसार सबै विद्यालयले यही असार २० सम्म विद्यार्थीको अन्तिम मूल्यांकन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र एकाइले यही ३० गतेभित्र सबै अंक बोर्डमा पठाउने तयारी गरेको छ ।

विद्यालयको मूल्यांकन समिति र एकाइले पठाएको नम्बर प्रविष्ट गरी सो नम्बरलाई अक्षराङ्क पद्धतिमा समाविष्ट गरी परीक्षाफल प्रकाशित गर्ने भएको परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए । उनका अनुसार साउनको तेस्रो ७ गतेबाट कक्षा ११ को नयाँ शैक्षिक सत्र सुरु हुने गरी परीक्षाफल प्रकाशित गर्ने तयारी भएको हो ।


नयाँ कार्यविधिमा प्रयोगात्मक मूल्यांकनअनुसार प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यसअगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनुपर्ने व्यवस्था गरिएको छ । जस अनुसार विद्यालयले राखेको अभिलेख बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म मूल्यांकन विवरण गोप्य राख्नु पर्नेछ ।

बोर्डले मंगलबार माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि पारित गरेलगत्तै आन्तरिक कार्यतालिका तयार गरेको हो । सोमबार बसेको बोर्डको बैठकले कार्यविधि पारित गरे पनि केही त्रुटि भएको कारण मंगलबार सार्वजनिक गरेको हो ।

शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा ४ट (१)मा उल्लिखितमध्ये कक्षा १० का विद्यार्थीको हकमा सम्बन्धित विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने उल्लेख गर्दै ऐनको दफा २० अनुसार बोर्डले कार्यविध तयार गरेको छ । यही अनुसार परीक्षाफल प्रकाशनको तयारी गरेको हो ।

२०७६ सालको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुने भएका छन् ।

1

Scroll to Top