Banijya News

पोखराका यातायात ब्यावसायीले बैंकलाई तालाचावी बुझाउने

1
1.1K Shares

असार १८, काठमाडौं ।
पोखराका यातायात व्यवसायीले बैंक तथा वित्तीय संस्थालाई गाडीको तालाचावी बुझाउने चेतावनी दिएका छन् । सवारी साधनको बैंक कर्जाको किस्ता तिर्ने समय सीमा नथपिदिएको भन्दै व्यावसायीले यस्तो चेतावनी दिएका हुन् ।


पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले बुधवार पोखरामा पत्रकार भेटघाट गरेर यस बारेमा जानकारी गराएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघल कर्जाको किस्ता तिर्ने म्याद थप्नका लागि पटक पटक आग्रह गरेपनि वेवास्ता गरेको व्यवसायीले गुनासो गरेका छन् ।


अहिलेको अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायीलाई कर तिर्न बाध्य बनाउने, मानसिक तनाव दिने कार्य जारी राखेको भन्दै कर्जाको किस्ता तिर्न नसक्ने भएकाले तालाचावी नै बुझाउने उनिहरुको निर्णय रहेको छ । असार २१ गतेबाट बसका तालाचाबी संकलन गर्न शुरु गर्ने र २२ गतेदेखि सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई बुझाउन शुरु गरिने व्यावसायीहरुको भनाई छ ।

1

Scroll to Top