Banijya News

नेप्से परिसूचक ४.५७ विन्दुले बढेर एक हजार ३३१.१० मा पुग्यो

1
1.1K Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५७ विन्दुले बढेर एक हजार ३३१.१० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४७ ले वृद्धि भई २८०.४१ मा पुगेको छ । कूल १७८ कम्पनीको २२ लाख २६ हजार २०३ कित्ता शेयर रु ९० करोड ८० लाख ८६ हजार १९७ मा कारोबार भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार र बैंकिङ उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ ०.३७ र व्यापार १८.५४ ले घटेका छन् । यस्तै होटल १२.१८, विकास बैंक ५.२४, जलविद्युत् ४.८२, वित्त ४.८३, निर्जीवन बीमा ३९.५१, उत्पादन ३५.३, अन्य ६.८७, लघुवित्त ९.६१, जीवन बीमा ६८.३३ र सामूहिक लगानी कोष ०.२८ ले बढेको छ ।

स्टकका अनुसार कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड १८ लाख ४५ हजार ८३० बराबरको कारोबार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु नौ करोड ४८ लाख एक हजार २७३, छिमेक लघुवित्त वित्तीय संस्था रु छ करोड ४१ लाख ६३ हजार ७७७, एनआईसी एशिया रु तीन करोड ४८ लाख २८ हजार ५९७, एनएमबी बैंक रु दुई करोड ७७ लाख ६० हजार ६०७, हिमालयन डिस्टिलरी रु दुई करोड ४२ लाख ४३ हजार ८६६ र नबिल बैंकको रु दुई करोड २२ लाख ७९ हजार १०० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज सूर्योदय लघुवित्त ९.९९, एनआईसी एशिया लघुवित्त ९.९७, वोमी माइक्रोफाइनान्स ९.९०, गुह्यश्वरी मर्चेन्ट बैंक रु ७.२६, एनएमबी माइक्रोफाइनान्स ६.३३, तिनाउ विकास बैंक ६.११ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले ५.९४ प्रतिशतले कमाए ।

त्यस्तै, ग्लोबल आईएमई समुन्नत स्किम एक ३.८५, नेशनल हाइड्रो पावर ३.७०, रिडी हाइड्रोपावर ३.४९, सबैको लघुवित्त ३.४२, गुराँस लघुवित्त २.५८, कालिका मर्चेन्ट डेभलपमेन्ट बैंक २.५० र साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले २.१४ प्रतिशतले गुमाए ।

1

Scroll to Top