Banijya News

एक करोड १४ लाखको कृषि आधुनिक उपकरण प्रदान

1
1.1K Shares

आधुनिकयन्त्रको प्रयोग गरी उत्पादन वृद्धि गर्नुका साथै कृषकलाई व्यावसायिक बनाउन गर्न रु एक करोड १४ लाख बराबरको विभिन्न कृषि उपकरण वितरण गरिएको छ ।

प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना कार्यान्वयन एकाइ मोरङद्वारा सोमबार यहाँ आयोजित कष्टम हायरिङ सेन्टर तथा साना मेशिनरी औजार हस्तान्तरण कार्यक्रममा मोरङका माछा तथा धान जोनमा आबद्ध किसानलाई कृषिका आधुनिक उपकरण वितरण गरिएको हो ।

माछा जोनमा आबद्ध १६ किसानलाई रु ३४ लाख बराबरको माछा पोखरीमा पानी पटाउन एकरएक थान मोटरपम्प, माछा तौल गर्न ४१ किसानलाई डिजिटल काँटा, ५९ किसानलाई पानी मापनका लागि पिएच मिटर तथा माछालाई अक्सिजन प्रदान गर्न छ एरियेटरलगायतका उपकरण प्रदान गरिएको छ ।

यसैगरी धानजोनसँग आबद्ध किसानले प्रयोग गर्ने गरी रु ८० लाख मूल्य बराबरको एउटा कम्पाइण्ड हार्वेष्टर, दुईवटा ट्र्याक्टर, दुई ट्रली, दुई रोटामेटर, दुई कल्टिमेटर र दुई केजबिल वितरण गरिएको छ । एउटा हार्वेष्टरले प्रतिघण्टा १५ कठ्ठा जग्गामा रहेको धान, गहुँ र मकै कटाइ, दाउनी र बोरामा प्याक गर्ने परियोजना एकाइ कार्यालयका प्रमुख विनोदकुमार मण्डलले बताए ।

हार्वेष्टरलगायतका यन्त्र सहकारी संस्थामार्फत किसानले प्रयोग गर्नेछन् । परियोजनाले ५० प्रतिशत अनुदानमा कृषकलाई ती उपकरण वितरण गरेको हो । रासस

1

Scroll to Top