Banijya News

देशैभरि गुर्जोको बिरुवा निःशुल्क वितरण

1
1.1K Shares

आन्तरिक राजस्व कार्यालय लहान–सिराहाका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले देशैभरि गुर्जोको बिरुवा निःशुल्क वितरण गर्दै आएका छन् ।

गुर्जो/गुरगुज/गिलोय/गुडुची/अमृता नियमित सेवन गर्दा निरोगी हुने बताउँदै आफूले अहिलेसम्म देश तथा विदेशमा गरेर २२ हजारभन्दा बढी गुर्जोको बिरुवा/बेर्ना निःशुल्क वितरण गरेको जानकारी दिए ।

अधिकृत राजलवटले मंगलवार पत्रकार सम्मेलन गरी आगामी दिनमा गुर्जोलाई आफूले ७७ वटै जिल्लामा निःशुल्क वितरण गर्ने बताए । गुर्जोको फाइदा धेरै भएकाले नेपालमा प्रत्येक घरघरमा त्यसको बिरुवा राख्नुपर्ने उनको भनाइ छ ।

गुर्जोको वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया रहेको बताउँदै त्यसका मुख्य ३ गुणहरू रोग प्रतिरोधात्मक क्षमता बढाउने, शारीरिक शक्ति बढाउने र शरीरका विकारहरु बाहिर निकाली स्वस्थ बनाउने उनले जानकारी दिए । उनले भने, ‘गुर्जोको यही विशेषताले गर्दा अहिलेको विश्वव्यापी महामारीको रूपमा देखापरेको कोरोना भाइरस, जस्तोसुकै रुघाखोकी, पुरानोभन्दा पुरानो ज्वरो पनि निको पार्दछ ।’

गुर्जोको गुणहरू त्रिदोष नाशक (वात, पित्त, कफ), एन्टी–ब्याक्टेरियल, एन्टी–भाइरल, एन्टी–एलर्जिक, एन्टी–अक्सिडेन्टल, एन्टी–इन्फ्लामेटरी कुलिङ, एन्टी–ट्युमर र एन्टी–एसिड लगायतका धेरै रहेका उनले बताए । उनका अनुसार गुर्जोको फाइदा तथा उपयोगितामा ग्यास्ट्रिक, रक्तचाप, मधुमेह, युरिक एसिड, कलेजो, मुटु, मिर्गौला, डिप्रेसन, एन्जाइटी, नशासम्बन्धी समस्या तथा मानसिक समस्याका लागि पनि उपयोगी हुनेछ ।

त्यसैगरी पाचनतन्त्र बलियो बनाउने, रगतमा प्लेटलेट्स बढाउने, जोर्नी दुःखाई कम गर्ने, सुनिन्ने, बाथ रोगमा पनि यो फलदायी हुनेछ । रासस

1

Scroll to Top