Banijya News

न्यायलयको कार्य सम्पादनलाई लिएर टिका टिप्पणी नगर्न सर्वोच्चको आग्रह

1
1.1K Shares


न्याय सम्पादनका क्रममा हुन सक्ने त्रुटि विधि र प्रक्रिया अनुसार अदालतबाटै निरुपण हुने भन्दै सर्वोच्चले त्यस्ता विषयमा टीका–टिप्पणी नगर्न आग्रह गरेको छ ।

श्रीमती हत्या मुद्दामा जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरी वलका पूर्व डीआईजी रञ्जन कोइरालाको सजायँ घटाएको फैसला र सवारी ज्यान मुद्दाका आरोपित पृथ्वी मल्ललाई धरौटीमा छाड्ने सार्वेच्चका आदेश विवादित भएका भएपछि सर्वोच्चले विज्ञप्ति नै निकालेको हो ।


पूर्व डीआईजी कोइरालाको सजाय घटाउने फैसला प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणसहितको बेञ्चबाट भएको र सो मुद्दा पुनरावलोकनका लागि सर्वोच्चकै तीन न्यायाधीशको इजलासले अनुमति पनि दिइसकेको कारण आलोचना टीका–टिप्पणी नगर्न आग्रह गरेको हो ।


सर्वोच्चले विज्ञप्ति जारी गरी न्यायपालिकाको काम कारबाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी भएको दाबी गरेको हो । अदालतका फैसला वा आदेश उपर स्वच्छ टिप्पणी, आलोचना र प्राज्ञिक बहस हुन सक्ने भन्दै त्यसमा निश्चित सीमा र मापदण्डभित्र रहनुपर्ने सर्वोच्चले बताएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाका काम कारबाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचारको प्रवाह वा टीका टिप्पणी गर्दा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ पनि ध्यान जान जरुरी छ ।’

1

Scroll to Top