कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको निधन भएको छ । नेपाली सेनाका अनुसार निधन हुनेमा काठमाडौं उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवान रहेका छन् ।
ब्लड क्यान्सरका बिरामी ती जवानको २९ भदौमा मृत्यु भएको नेपाली सेनाले जनाएको छ । सुरक्षाकर्मीमा कोरोना संक्रमण भएर मृत्यु भएको यो पहिलो घटना हो ।
मृत्युपछि उनमा १ असोजमा कोरोना पोजिटिभ भएको देखिए नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना पुष्टि भएको छ ।


