सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठकले वातावरण संरक्षणमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै केही निजामति कर्मचारीले व्यक्तिगत लाभका लागि सामुदायिक वनको दुरुपयोग गरिरहेको आरोप लगाएकी छिन् ।
फेकोफनको जिल्ला शाखा पाल्पाले आज आयोजना गरेको भर्चुअल छलफलमा अध्यक्ष पाठकले भनाइ छ, “सामुदायिक वनका उपभोक्तामाथिको अन्यायविरुद्ध लड्न महासङ्घ अग्रसर रहन्छ ।”
उनले ५० प्रतिशत महिला नेतृत्वको लागि फेकोफनले महत्वपूर्ण काम गर्दै आए पनि उपभोक्ता समूहमा महिला नेतृत्व कायम हुन नसकेको जनाउँदै समूहमा महिला सहभागिता बढाउने कामलाई निरन्तरता दिन आग्रह गरिन् । फेकोफनका पाल्पा जिल्ला इञ्चार्ज केपी श्रेष्ठले सामुदायिक वन उपभोक्ता समूहलाई बलियो बनाएर जान आग्रह गरे ।
आजै महासङ्घले आयोजना गरेको ‘समुदायमा आधारित जलवायु अनुकूलनमा सामुदायिक वनको भूमिका र योगदान’ विषयक भर्चुअल तालीममा अध्यक्ष पाठकले निश्चित समयका लागि आएका विभिन्न सङ्घसंस्थाले दीगो योजना बनाउन नसक्ने तर्क राख्दै लक्षित समूहका लागि बनाइने योजना सर्वप्रथम उनीहरु त्यसबारे पूर्ण रुपमा जान्न कार हुनु आवश्यक भएकामा जोड दिइन् । रासस


