काठमाडौं । नेकपा एमालेले १० औँ महाधिवेशनका लागि हालसम्म ५८ जिल्लामा महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको छ । कतिपय जिल्लामा सहमतीका आधारमा प्रतिनिधि छनोट भएका छन्, भने केही जिल्लामा निर्वाचनमार्फतमा प्रतिनिधि छनोट गरिएको छ ।
हालसम्म प्रदेश १ को १४ वटा जिल्लामध्ये १२ वटा जिल्लामा महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छ । जसअनुसार पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बू, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर रहेका छन् । प्रदेश २ मा भने हालसम्म कुनै जिल्लामा प्रतिनिधिको टुंगो लागेको छैन ।
बागमती प्रदेशअन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन र मकवानपुरमा प्रतिनिधिको टुंगो लाएको छ । यस्तै गण्डकी प्रदेशमा गोरखा, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, मुस्ताङ र मनाङमा महाधिवेशन प्रतिनिधि चुनेको छ । लुम्बिनी प्रदेशको गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया, कर्णाली प्रदेशको हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत र सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, बझाङ र डडेल्धुरा पनि प्रतिनिधिको टुंगो लगाएको छ ।


