Banijya News

थप २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

1
1.1K Shares

नेपालमा थप २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७९७ जनाको कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् । ५ हजार २९५ जनाको पिसिआर परीक्षण र १५०२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा हाल ६ हजार ७४४ जना सक्रिय सङ्क्रमित छन् । ३९२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ ।

त्यसमध्ये काठमाडौँ उपत्यकामा १५८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९७, ललितपुरमा ५१ र भक्तपुरमा १० सङ्क्रमित छन् ।

यस्तै, काठमाडौँ उपत्यकामा १७२६ सक्रिय सङ्क्रमित छन् । काठमाडौँमा ६२९, भक्तपुरमा ४८६ र ललितपुरमा ६११ सक्रिय सङ्क्रमित छन् ।

1

Scroll to Top