Banijya News

ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्थाबाट ३ अर्ब रुपैयाँ ऋण लिदै

1
1.1K Shares

ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट तीन अर्ब रुपैयाँ ऋण लिने भएको छ । बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी गु्रपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले उक्त सम्झौतापत्र आदानप्रदान गरेका हुन् । सझौतामा ग्लोबलले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपसँग २५ मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) ऋण लिने सहमति पत्रमा बुधबार हस्ताक्षर गरेको छ ।
सीडीसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई जलविद्युत, नवीकरणीय ऊर्जा र पूर्वाधार, निर्माण, उत्पादन, कृषि र पर्यटन क्षेत्र लगायतका नेपाल सरकारको प्राथमिकताका क्षेत्रहरूको व्यवसायमा ऋण प्रदान गर्न सहयोग पुग्ने जनाइएको छ ।

1

Scroll to Top