निलम्बित सांसद रेशम चौधरीले नयाँ राजनीतिक दल गठन गरेका छन् ।
सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन् । टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरी कारागारमा रहेका समय नै
उनको सल्लाहमा नयाँ पाटी गठन भएको हो ।
उक्त दल दर्ताको निवेदन दिनका लागि रेशम चौधरीका समर्थकहरु भृकुटीमण्डपमा भेला भएर बाजागाजा, झाँकी र चौधरीको तस्वीर अंकित प्लेकार्डसहित निर्वाचन आयोगमा पुगेका थिए । ¥यालीमा चौधरीकी श्रीमतीसमेत सहभागी थिइन् ।
जसपाको आधिकारिकता विवाद निरुपणको क्रममा निर्वाचन आयोगले गराएको सनाखतमा उनले उपेन्द्र यादव र महन्थ ठाकुर दुबैलाई समर्थन नगरी तटस्थ बसेका थिए ।
राष्ट्रिय जनता पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि चौधरी सोही पार्टीमा थिए । तर, थरूहट आन्दोलन र बन्दी रिहाबारे सरकार, मधेसी दल कसैले पनि चासो नदेखाएपछि आफैं दल खोल्ने निर्णयमा पुगेका हुन् ।


