Banijya News

नेपालमा अब कडा क्षमता भएको ६५० एमजीको सिटामोल

1
1.1K Shares

नेपालमा अब कडा क्षमता भएको ६५० एमजीको सिटामोल आउने भएको छ । नेपाली बजारमा ५०० एमजीको सिटामोल विक्री हुदै गरेकोमा क्षमता बढाएर ६५० एमजीको ल्याउने तयारी गरिएको हो ।
बिहीबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका भएको क्षलफलमा उत्त क्षमता बढाउने तयारी गरिएको हो । औषधि सल्लाहकार समितिको ५३औँ बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गरेको छ । बिहीबार स्वास्थ्य सचिव डा. रोशन पोखरेलको अध्यक्षतामा बसेको बैठकले सिटामोलको बढाइएको डोजमा सहमति दिएको छ ।

छलफलमा नीति योजना महशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वल जंग पाण्डे, पूर्व अध्यक्ष दीपक दाहाल, एनसीडीएका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ, नेपाल फर्मासिटिकल एसोसिएसनबाट ललितमोहन पन्त लगायत सहभागी थिए ।

नेपालमा उत्पादन भएका सिटामोलको तौल बढाउने तयारी भएको छ । यससँगै अन्तर्र्राष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोक्ने पनि सहमति दिएको छ ।

1

Scroll to Top