Banijya News

साइकल यात्री लुइँटेल २० दिनमा भारतबाट दमकमा

1
1.1K Shares

महिला हिंसाको अन्त्य तथा पर्यावरणमा सचेतना दिने उद्देश्यले भारतको आसाम, गुवाटीका २० वर्षीय साइकलयात्री पवन शर्मा लुइँटेल दमकमा आएका छन् ।
भारतको आसामबाट सुरु गरेको उनको साइकलयात्रा नौ दिनका दिन बिहीबार साँझ दमक पुगेका छन् । उनलाई नेपाल–भारतमैत्री संघ दमकले यात्राको सफलताको शुभकामना दिँदै ढाकाटोपी र खादा लगाएर सम्मान गरेको छ । सामान्य साइकलमार्फत दैनिक ७० किलोमिटर दूरी यात्रा गरी आएका उनले बाटोमा आफ्नो यात्राको उद्देश्य पनि सुनाउँदै आएको जानकारी दिए । नेपालमा पहिलोपटक आएको बताए । उनले अब बढीमा १० दिनभित्र नेपालको काठमाडौंसम्मको यात्रा सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् ।
१९ दिन लगाएर करिब ९७६ किलोमिटर यात्रा टुङ्ग्याउने जनाउदै उनले भने, “सबैको सहयोगबाट नै मैले यो यात्रालाई दुई देशसम्म जोड्न सकेको छु ।” साइकलबाट भारतको आसाम घुमिसकेका उनले अब ‘अल इन्डिया’ हुँदै विश्वयात्रासम्म निस्कने लक्ष्य राखेको बताए । गन्तव्यमा पुग्नु मात्र आफ्नो उद्देश्य नभएको जनाउँदै उनले महिला हिंसा नियन्त्रण गर्न तथा स्वच्छ पर्यावरण जोगाउन आफ्नो मुख्य उद्देश्यका बारेमा समेत सचेतना दिँदैआएको बताए ।

 

1

Scroll to Top