Banijya News

‘आरआरआर’ले प्रि–बूकिङ र राइट्समार्फत् ७५० करोड कलेक्शन

1
1.1K Shares

‘आरआरआर’ले प्रि–बूकिङ र राइट्समार्फत् ७५० करोड कलेक्शन गरी सकेका छन् ।

साउथका सुपरस्टार प्रभाष स्टारर् उक्त दुवै फिल्मले बक्स अफिसमा उत्कृष्ट ब्यापार गरी सकेका छन् । ‘बाहुबली द बिगिनिङ’ पछि निर्देशक एसएस राजामौलीले ‘बाहुबली–२’ मार्फत आफ्नो रेकर्ड आफैले रेकर्ड तोडेका छन् । यसैबीच एसएस राजामौली निर्माण पछि पुन आफ्नो रेकड आफैले तोडेका छन् । एसएस राजामौलीको यो वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको ‘आरआरआर’ले दर्शकमाझ रिलिज हुनु अगावै ७५० करोड भारु कमाएर ‘बाहुबली–२’लाई पछि पारिसकेको छ ।
‘आरआरआर’मा मुख्य कलाकार चर्चित अभिनेताद्वय राम चरण , जुनियर एनटीआर , अभिनेत्री आलिया भट्ट र अजय देवगनको विशेष भूमिका रहेको छ । यो फिल्मलाई लिएर दर्शकहरु निकै उत्साहित छन् ।

आन्ध्र बक्स अफिसका अनुसार ‘आरआरआर’को प्रि–रिलिज थिएटरिकल व्यापारले सबै भाषाबाट ५२० करोड रुपैयाँ कलेक्शन गरेको छ । सोही अवधिमा पेन इन्डियाले उत्तर भारतका सबै भाषाहरूमा यस फिल्मको वितरण, डिजिटल र स्याटेलाइट अधिकारहरू खरिद गरेको छ ।
दर्शकहरुका लागि टिकटको समस्या नहोस् भन्ने उदेश्यका साथ निर्माण पक्षले यही मार्च २२ बाट ‘आरआरआर’को ‘प्रि–बूकिङ’ सुरु गरेको थियो । मिडिया रिपोर्टका अनुसार ‘आरआरआर’ले प्रि–बूकिङ र राइट्समार्फत् ७५० करोड कलेक्शन गरिसकेको छ ।

फिल्मले उत्तर भारतका थिएटरमा रिलिज गर्नका लागि १५० करोड र अन्य सबै भाषाहरूको थिएटरमा रिलिजका लागि २५० करोड कलेक्शन गरेको छ । ‘आरआरआर’ मार्च २५ अर्थात् आजबाट दर्शकमाझ रिलिजमा आएको छ ।

1

Scroll to Top